नेपाल एसबिआई बैंकले डाक्यो साधारण सभा, कहिले हुँदैछ बुकक्लोज ?

२८ मंसिर २०७८, मंगलवार १०:१९

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले २८ औं वार्षिक साधारण सभा तथा बुकक्लोजको मिति तय गरेको । कम्पनीको मंसिर ७ गते बसेको संचालक समितिको बैठकले सभा पुष २० गते मंगलबार त्रिभुवन आमी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजे बस्ने निर्णय गरेको थियो ।

सोही साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि बैंकले पुष ७ गतेदेखि पुष २० गतेसम्म बुकक्लोजको मिति तोकेको छ । जसअनुसार साधारण सभामा भाग लिन र कम्पनीको प्रस्तावित लाभांश पाउन नेप्सेमा पुष ६ गतेसम्म कायम हुनुपर्नेछ ।

उक्त २८ औं साधारण सभाले संचालक समितिले प्रस्ताव गरेबमोजिम कायम चुक्तापूँजी ९ अर्ब ४९ करोड रुपैयाँको ३.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.८१ प्रतिशत नगद लाभांश गरी कुल ५.३१ प्रतिशत लाभांश पारित गर्नेछ ।

साथै सोही सभाले अन्य बैंक तथा वित्तीय संस्थाहरु गाम्भे गाभिने वा मर्जरमा जाने जाने विषयलाई आवश्यक कार्यहरुको अनुमोदन गरी अघि बढाउने, गत आवको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सोही आवको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता वित्तीय विवरणहरु छलफल गरी पारित गर्नेछ ।

त्यस्तै, आर्थिक वर्ष २०७८।०७९ को लागि लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने र सर्वसाधारण शेयरधनी समूहको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने एकजना संचालक निर्वाचन गर्ने सभाको एजेण्डा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*