महुली लघुवित्तको साधारण सभा पुष २४ गते, एफपीओ निष्काशन प्रक्रिया अघि बढाउने मुख्य एजेण्डा

२८ मंसिर २०७८, मंगलवार ०९:४९

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले नवौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर २७ गते बसेको संचालक समितिको बैठकले सभा पुष २४ गते शनिबार कम्पनीको केन्द्रिय कार्यालय अग्नीसाइर कृष्णासवरण–६ महुली सप्तरीमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो ।

उक्त सभाले संचालक समितिले प्रस्ताव गरेको कुल चुक्तापूँजी २२ करोड ३९ लाख रुपैयाँको २६ प्रतिशत बोनस शेयर वितरण पारित गर्नेछ । साथै कम्पनीले प्रिमियममा एफपीओ शेयर निष्काशन गर्ने सम्बन्धको प्रक्रियालाई अघि बढाउनेछ ।

त्यस्तै, अन्य वित्तीय संस्थासँग गाम्भे।गाभिने वा मर्जरमा जाने प्रक्रियालाई समेत अघि बढाउने सभाको एजेण्डा रहेको छ ।

त्यस्तै, सभाको सामान्य प्रस्तावमा गत आवको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सोही आवको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता वित्तीय विवरण उपर छलफल गरी पारित गर्नेछ । त्यस्तै, आव २०७८।०७९ को लागि लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक समेत निर्धारण गर्ने सभाको एजेण्डा रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरण प्रयोजनका लागि पुष १२ गते एक दिन बुकक्लोजको मिति तोकेको छ । जसअनुसार पुष ११ गतेसम्म कायम शेयरधनीले मात्र सभामा उपस्थित भई कम्पनीको प्रस्तावित लाभांश पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*