बीमा क्षेत्रलाई अर्थमन्त्री शर्माको आह्वान, जोखिम पहिचान गरी गाउँ वस्तीमा बीमा पुर्याऔं (भिडियोसहित)

२७ मंसिर २०७८, सोमबार १९:०६

काठमाडौं । अत्याधुनिक नयाँ भवन शिलान्यास गर्न बीमा समितिमा पुगेका अर्थमन्त्री जनार्दन शर्माले सिंगो बीमा क्षेत्रलाई गरिब बस्तीहरुमा पुगेर जोखिम पहिचान गरी बीमा योजना अघि बढाउन आह्वान गरेका छन् ।

बीमा कम्पनीका सिईओ तथा कर्मचारीहरु बीमा समितिका सम्पूर्ण कर्मचारी तथा उच्च अधिकारी तथा बीमा विज्ञहरुको उपस्थिति रहेको नयाँ भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री जर्नादन शर्मा जोखिमहरूको पहिचान गरी बीमा योजा अघि बढाउन सकेमा त्यसलाई न्यूनिकरण गर्न सकिने बताएका छन् ।

मन्त्री शर्माले पूर्वाधार, व्यवसाय, जनताका विविध जोखिम, किसानहरूका जोखिमलगायतका जोखिमहरूको राम्रोसँग पहिचान गर्न सक्नुपर्ने बताए । जोखिम पहिचान नगरेसम्म बीमा गर्नमा समेत समस्या हुने बताउदै उनले पहिले सबै जोखिमहरूको पहिचान गर्नुपर्नेमा जोड दिए ।

मन्त्री शर्माले बीमा कम्पनीहरू सहर केन्द्रित र व्यवसाय केन्द्रित मात्र भएको बताउँदै त्यसप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले बीमा कम्पनीहरुले सामाजिक दायित्व भुल्न नहुने सुझाव दिएका छन् ।

उनले बीमा कम्पनीहरूले गाउँघरमा गएर त्यहाँका जनताका सम्पत्तिको जोखिम हेरेर बीमा गर्नुपर्ने बताए । त्यसको लागि नियामक निकायले पनि कम्पनीहरुलाई सोही बमोजिम परिचालन गर्र्नुपर्नेमा जोड दिएका छन् । गाउँ गाउँमा पुगेर बीमा अभियान चलाउने क्रममा आएका अप्ठेरो तथा ऐन कानुनको सहजीकरणका लागि सम्बन्धित नियमनकारी निकायसँग अर्थ मन्त्रालय सहयोग गर्न तयार रहेको आश्वस्त पारेका छन् । ‘जोखिम सहर बजारमा मात्र छैन । जोखिम सम्पन्नताभित्र मात्र छैन । जोखिम गरिबीमा पनि छ, गाउँ क्षेत्रमा पनि छ’, उनले भने, ‘तर जोखिम न्यूनिकरण गर्ने हाम्रो संकल्प त्यहाँसम्म पुगेको छैन ।’

उनले कृषि बाली बीमामा बीमा कम्पनी र नियमनकारी नियकायको समेत ध्यान नगएकाले बाली बीमा नभएको बताए । सरकारले ८० प्रतिशत अनुदान दिने व्यवस्था गरेको भएपनि त्यसमा सम्बन्धित निकायको ध्यान नजाँदा कार्यान्वयनमा समस्या भएको उजागर गरे । उनले पछिल्लो समय आएको बेमौसमी वर्षाका कारण भएको बाली नष्ट जस्ताको असरलाई न्यूनिकरण गर्न त्यस किसिमका बीमाले टेवा पु\याउने बताए । त्यस्तो बीमा नगर्दा पछिल्लो समय सरकारलाई थोरैथोरै राहत दिँदा पनि ठूलो दायित्व व्यहोर्नुपरेको उनको भनाई थियो ।

अहिले बीमा गर्न स्वतःस्फूर्त रूपमा मानिसहरू नआइरहेकोप्रति र बीमा गरेकाहरूले समेत भुक्तानी नपाइरहेकोप्रति मन्त्री शर्माले चासो व्यक्त गरे । ‘धेरै मान्छेहरू बीमा रकम पाइएन भनेर अर्थ मन्त्रालयलगायतका निकाय धाइरहेका हुन्छन्’, उनले भने, ‘यस्तो नुहुनुपर्ने हो । यो त स्वतः त्यसको मूल्याङ्कनका आधारमा पाउनुपर्ने हो ।’ केही दुई/चार ओटा मात्र यस्ता घटना भएपनि ‘हाइलाट’ भएर आउने भएकाले बीमाप्रति मानिसको ध्यान नजाने गरेको उनको भनाइ छ । यसमा बीमा कम्पनी र नियमनकारी नियकाले ध्यान दिन निर्देशन दिएका छन् ।

पछिल्लो समय कोरोना महामारीमा ‘कोरोना बीमा’ गरिएको तर भुक्तानी गर्न समस्या भइरहेको समेत मन्त्री शर्माले जानकारी दिए कोरोना बीमाबाट अर्बौंको दायित्व सिर्जना भएको जानकारी दिँदै उनले त्यो समस्या समाधान गर्न गृहकार्य भइरहेको बताए । त्यसलाई चाँडै निचोडमा पु¥याइने समेत जानकारी दिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*