शाइन रेशुङ्गा डेभलपमेन्ट बैंकको धनगढीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

२७ मंसिर २०७८, सोमबार १८:२६

काठमाडौं । शाइन रेशुङ्गा डेभपमेन्ट बैंकले कैलालीको धनगढी शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले धनगढीको एसपीए कलेजमा बीबीएस तेस्रो बर्षमा अध्ययन।त विद्यार्थीहरुलाई डिजिटल बैंकिङ र फाइनान्सियल लिट्रेसी सम्बन्धी साक्षरता प्रदान गरेको हो ।

उक्त साक्षरता कार्यक्रममा बैंकका क्षेत्रीय प्रबन्धक लेखनाथ पौडेल र आई टी अफिसर तारा प्रसाद पाण्डेले विद्याथीलाई डिजिटल प्रणालीको आवश्यकता र यसको प्रयोगबाट हुने फाइदाका बारे जानकारी दिएका थिए । साथै बैंकले सामाजिक उत्तर दायित्व अन्तर्गत डष्टबिन वितरण कार्यक्रम पनि सम्पन्न गरेको हो ।

बैंकको वित्तीय साक्षरता सम्बन्धी कार्यक्रममा एसपीए कलेजका २ सय भन्दा बढी विद्यार्थी र कलेजका विभाग प्रमुख रघुनाथ जोशी र प्रबन्धक निर्देशक सुवास बि शाहीको सहभागिता रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*