इष्टर्न हाइड्रोपावरको आईपीओ निष्काशनका लागि बोर्डमा आवेदन

२७ मंसिर २०७८, सोमबार १७:५६

काठमाडौं । इष्टर्न हाइड्रोपावर कम्पनीले आइपीओ निष्काशनका लागि धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ । कम्पनीले १२ लाख ४० हजार कित्ता आइपीओ निष्काशनका लागि मंसिर २४ गते आवेदन दिएको हो ।

कम्पनीले धितोपत्र बोर्डबाट अनुमति पाए पश्चात पहिलो चरणमा स्थानिय बासिन्दा र दोस्रो चरणमा सर्वसाधारणको लागि आइपीओ निष्काशन गर्ने छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*