थप ३४१ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

२७ मंसिर २०७८, सोमबार १७:४६

काठमाडौं । देशभर आज पछिल्लो २४ घण्टामा थप ३४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १० हजार ४१६ जनामा पीसीआर परीक्षण गर्दा ३१३ जनामा र २ हजार ८२० जनामा एन्टिजेन परीक्षण गर्दा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, सोमबार पछिल्लो २४ घण्टामा ३ जना संक्रमितको मृत्यु भएको छ भने ३७६ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ५ हजार ८२४ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*