नेचर सुपरमार्केटको तेश्रो शाखा भक्तपुरको बालकोट अधिकारीटोलमा

२७ मंसिर २०७८, सोमबार १७:४५

काठमाडौं । नेचर सुपर मार्केट प्रा.लि.को तेश्रो शाखा सुर्यबिनायक नगरपालिका बडा नं. ३ बालकोट, अधिकारीटोलमा खुलेको छ । सोमवार एक कार्यक्रमबीच सु.न.पा. बडा नं. ३ का अध्यक्ष श्री शिवबरण खत्री एवं बरिष्ठ हास्य कलाकार, चर्चित नायिका एवं सफल निर्देशक दिपाश्री निरौलाले शाखा शुभारम्भ गरेका हुन् ।

गत बर्ष कात्तिकदेखि काठमाडौंको मैतीदेवीचोकबाट सञ्चालमा आएको नेचर सुपर मार्केटले सेवा विस्तार गर्ने क्रममा जडिबुटीको नरेफाँटपछि यो शाखा सञ्चालनमा ल्याएको हो । व्यावसायिक क्षेत्रमा ३ दशक लामो अनुभव संगालेका व्यवसायीहरुको नेतृत्वमा नेचर सुपरमार्केट सञ्चालनमा आएको हो ।
‘उपभोक्ताको सन्तुष्टि, हाम्रो दायित्व’ नाराका साथ सञ्चालनमा आएको सुपरमार्केटले बजारको माग र आम उपभोक्ताको आवश्यकता अनुसार गुणस्तरीय खाद्यान्न तथा ग्रोसरी सामानहरु ग्राहकमाझ उपलब्ध गराउने प्रा.लि.का अध्यक्ष जनक धामीले जानकारी दिए । ‘बालकमोट आसपासका उपभोक्तालाई सहज रुपमा खाद्यान्न तथा ग्रोसरी सामान उपलब्ध गराउन शाखाले सहयोग पुर्याउनेछ,’ उनले भने । प्रा.लि.ले काठमाडौं उपत्यकाको जुनसुकै ठाउँमा निःशुल्क होम डेलिभरी सेवा उपलब्ध गराइरहेको छ । शाखा शुभारम्भको अवसरमा प्रा.लि. ले खाधान्न तथा ग्रोसरी सामानहरुमा ३ देखि १५ प्रतिशतसम्म छुट प्रदान गर्ने सञ्चालक समिति सदस्य तारामान धामीले जानकारी दिए । छुट अवधि १ महिनासम्म जारी रहनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*