सांग्रिला डेभलपमेन्ट बैंकद्धारा सामाखुसीमा मानव सेवा आश्रमलाई सहयोग

२७ मंसिर २०७८, सोमबार १४:५९

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकद्धारा मानव सेवा आश्रमलाई खाद्यान र रकम प्रदान गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंको सामाखुसी स्थित मानव सेवा आश्रमलाई सहयोग गरेको हो ।

बैंकले प्रदान गरेको खाद्यान तथा रकम बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले संस्थालाई हस्तान्तरण गरेको हो । यस किसिमको सहयोगले आश्रममा बसेका ७५ जना ब्यक्तिहरुलाई प्रत्यक्ष लाभ प्राप्त हुने विश्वास बैंकले लिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*