तेह्रथुम पावरको साधारण सभा पुस २८ गते, यस्ता छन् एजेण्डा

२७ मंसिर २०७८, सोमबार १४:४६

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा पुस २८ गतेका लागि बोलाएको छ । सभा बिहान ९ बजे होटल हार्दिक बागबजार काठमाडौंमा बस्ने गरी आव्हान गरेको हो ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने र बासलात, नाफा, नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत गर्नेछ । साथै चालु आर्थिक वर्षका लागि लेखा परिक्षकको नियुक्ति र निजको पारिश्रमिक समेत निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ५ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज गर्ने भएकाले पुस ४ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*