कुनामा बस्नेहरुले शेयर बजारमा चलखेल गरेर नेता र मन्त्रीलाई दोष लगाए :अर्थमन्त्री शर्मा

२७ मंसिर २०७८, सोमबार १३:५४

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले शेयर बजार घट्नुमा आफ्नो कुनै पनि हात नभएको बताएका छन् ।अर्थन्त्री जनार्दन शर्माले मन्त्रीले सेयर बजार घटायो भन्ने सजिलो तरिका देखिएको कार्यक्रममा बताए ।

राजधानीमा आयोजित बीमा समितिको कार्यालय भवन शिलान्यास गर्दै उनले घाटामा भएका कम्पनी पनि शेयर बजारमा कारोबार भइरहेको तर, शेयर बजार घट्दा अर्थमन्त्रीलाई दोष मात्रै लगाइएको बताए ।
“एउटा समूह कुनामा बसेर अर्थमन्त्रीले सेयर बजार घटायो भनेर भ्रम छर्ने काम गरिरहेका छन्, यस्ता भ्रम छरेर ठग्लान् जोगिएर काम गर्नुस्” उनले कार्यक्रममा भने ।

लगानीकर्ताहरुको हकहितको लागि मन्त्रालय सदैव तत्पर रहेको यस्तो भ्रमको पछि नलाग्न आम लगानीकर्तालाई अर्थमन्त्री शर्माले आग्रह गरेका छन् ।

 

One thought on “कुनामा बस्नेहरुले शेयर बजारमा चलखेल गरेर नेता र मन्त्रीलाई दोष लगाए :अर्थमन्त्री शर्मा

  1. dilli prasad mukhiya says:

    हो कुरा बल्ल सहि आयो । अब शेर बजारलाई एकात व्यक्तिको हातमा छ त्यसलाई बृहत बनाउन र आम नेपालिको पहुचमा पुर्याउन र ब्रोकरलाईन्सेस सबै बैकहरुलाई दिनु पर्यो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*