नयाँ लघुबीमा कम्पनीलाई लाइसेन्स दिनु आवश्यक छैन : अर्थमन्त्री शर्मा

२७ मंसिर २०७८, सोमबार १२:२५

काठमाडौं । नयाँ लघुबीमा कम्पनीलाई लाइसेन्स दिन आवश्यक नरहेको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । बीमा समितिको नयाँ भवन शिलान्यास कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले यस्तो जानकारी दिएका हुन् । उनले कार्यक्रममा बोल्दै बीमा समितिले अर्थमन्त्रालयमा पठाएको लघुबीमा व्यवसाय सम्बन्धी नयाँ लाईसेन्सको आवश्यक नरहेको बताए ।

हाल संचालनमा रहेको कम्पनीहरुमार्फत उक्त सेवा किन दिन सकिरहेको छैन । कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने बिषयमा ध्यान दिनु जरुरी रहेको नयाँ लघुबीमा कम्पनीलाई तत्काल लाईसेन्स दिन कुनै आवश्यक नरहेको कार्यक्रममार्फत बताए ।

बीमा सुरक्षाको कवच हो वा व्यवसाय मात्रै यो बिषयमा प्रश्न चिन्ह्र उठेको कुरा कार्यक्रममा व्यक्त गरेका थिए । बीमा कम्पनीहरुले बीमा गरेपछि व्यवसायिक रुपबाट पनि हेर्नुपर्छ तर सेवामूलक भन्दा नाफामूलकमा गएको हो कि भन्ने कुरा कार्यक्रममा व्यक्त गरे ।

त्यस्तै, हाल संचालनमा रहेका कम्पनीहरु व्यवसायमुखी मात्रै भएको कारण बीमाको पहुँचमा कमी भएको महसुस भएको उनले बताए । त्यसैले नयाँ लघुबीमा कम्पनीलाई लाइसेन्स दिनुभन्दा पनि भएकालाई व्यवस्थित गर्नु नै उचित रहेको उनले कार्यक्रममा बताए ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*