ग्लोबल आइएमई लघुवित्तको साधारण सभा भोलि बस्ने, के–के छन् एजेण्डा ?

२७ मंसिर २०७८, सोमबार १२:०९

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सभा भोलि (मंसिर २८ गते) हुने भएको छ । सभा मंसिर २८ गते कास्कीको होटल पोखरामा बिहान १० बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २८ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने र चालु आर्थिक वर्षको लागि लेखापरिक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण प्रस्ताव समेत रहेको छ ।

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले मंसिर १४ गते एक दिनका लागि बुक क्लोज गर्ने भएकाले मंसिर १३ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिने र लाभांश प्राप्त गर्ने सक्नेछन् ।

One thought on “ग्लोबल आइएमई लघुवित्तको साधारण सभा भोलि बस्ने, के–के छन् एजेण्डा ?

  1. Man Kumari dhami says:

    Diyar sar/medam
    Ackshept tha application.

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*