सेन्ट्रल फाईनान्सको ७० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

२७ मंसिर २०७८, सोमबार ११:३६

काठमाडौं । सेन्ट्रल फाईनान्स लिमिटेडको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ७० हजार ८९३ कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

कम्पनीको संस्थापक शेयरधनी रामप्रसाद अवालको १२ हजार ९६१ कित्ता, कृष्णप्रसाद बासुकलाको १६ हजार ७१९ कित्ता, नविन प्रजापतिको ११ हजार ५३३ कित्ता, न्हुछेभक्त कुटुवाजुको १६ हजार ७१९ कित्ता र लक्ष्मी सुन्दर अवालको १२ लाख ९६१ कित्ता शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरीे ३५ दिन भित्र संस्थाको केन्द्रीय कार्यालय कुपण्डोल ललितपुर वा संस्थाको शेयर रजिष्ट्रार एनएमबी क्यापिटल मार्केट्स लिमिटेड काठमाडौंमा आवेदन पेश गर्ने सकिनेछ । साथै, तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।

त्यस्तै, संस्थापक शेयरधनी दिलमाया त्वानाबासुको मृत्यु भइ निजको हकदार सानबिक त्वानाबासुलाई दिलमायाका नाममा रहेको १० हजार ३६९ कित्ता शेयर नामसारीका लागि आवेदन पेश गर्ने आग्रह समेत गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*