युनिलिभर नेपाल लिमिटेडको कम्पनी सचिव परिवर्तन

२७ मंसिर २०७८, सोमबार ११:३३

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडको कम्पनी सचिव परिवर्तन भएको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा यसअघि रहेको कम्पनी सचिवको राजिनामा भई नयाँ कम्पनी सचिव नियुक्त गरेको जनाएको हो ।

यसअघि सो पदमा रहेका एलिना आचार्यको राजिनामा मंसिर २९ गतेदेखि लागू स्वीकृत भएको हो । साथै कम्पनीले उक्त रिक्त रहेको पदमा संगिता श्रेष्ठलाई पुष १ गतेदेखि लागू हुनेगरी नियुक्त गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*