एनएमबि बैंकको साधारण सभा पुष २२ गते, बुकक्लोजको मिति तय

२७ मंसिर २०७८, सोमबार १०:४६

काठमाडौं । एनएमबि बैंक लिमिटेडले २६ औं वार्षिक साधारण सभा तथा बुकक्लोजको मिति तय गरेको छ । बैंकको मंसिर १३ गते बसेको संचालक समितिको बैठकले सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल, काठमाडौंमा पुष २२ गते बिहान १०ः३० मा बस्ने निर्णय गरेको थियो ।

सोही साधारण सभा प्रयोजन र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुष ७ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार कम्पनीको साधारण सभामा उपस्थित हुन र प्रस्तावित लाभांश पाउन पुष ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएको हुनुपर्नेछ ।

सोही मितिमा हुने सभाले हाल चुक्तापूँजी १६ अर्ब रुपैयाँको १२.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनमा लाग्ने ३.३० प्रतिशत नगद लाभांश गरी १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । साथै सोही सभाले १६ अर्ब चुक्तापूँजी बृद्धि गरी १८ अर्ब पु¥याउने प्रस्ताव समेत पारित गर्नेछ ।

त्यस्तै, आव २०७७।०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सोही आवको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गर्नेछ । साथै आव २०७८।०७९ को लागि लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने समेत सभाको एजेण्डा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*