आँधिखोला लघुवित्तद्धारा लाभांश घोषणा, बोनस र नगद कति ?

२७ मंसिर २०७८, सोमबार १०:२१

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको मंसिर २६ गते बसेको संचालक समितिको बैठकले आव २०७७।०७८ सम्मको मुनाफाबाट शेयरपूँजी १० करोड रुपैयाँको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश सहित गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पाएपश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*