लुम्बिनी विकास बैंकले डिजिटल कारोबारलाई अझ स्तरीय बनाउन नेपाल पेमेन्ट सोलुसन्ससँग गर्यो सम्झौता

२७ मंसिर २०७८, सोमबार ०७:३०

लुम्बिनी विकास बैंकले आफ्नो डिजिटल कारोबारलाई अझ स्तरीय बनाउन नेपाल पेमेन्ट सोलुसन्स प्रालिसँग सम्झौता गरेको छ। सम्झौताअनुसार बैंकसँग आबद्ध ग्राहकले नेपाल पेमेन्ट सोलुसन्सको मर्चेन्ट भुक्तानीजस्ता सम्पूर्ण सेवाहरु उपयोग गर्न पाउनेछन्।

सम्झौतामा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र सोलुसन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रताप श्रेष्ठले संयुक्त रुपमा हस्ताक्षर गरेका छन्।

बैंकले “निरन्तर सहयात्रा ” भन्ने नाराका साथ देशभरका ३० वटा जिल्लामा ७७ शाखा र १७ वटा एटीएमबाट सेवा दिँदै आईरहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*