पुँजी बजार विरुद्ध प्रचण्डको खरो अभिव्यक्ति, प्रदेश सम्मेलनमा के भने ?

२६ मंसिर २०७८, आईतवार १६:४८

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुँजी बजार विरुद्ध खरो अभिव्यक्ति दिएका छन् । शनिवार माओवादी केन्द्रको सबै प्रदेशको प्रदेश सम्मेलनलाई काठमाडौंबाट एकैसाथ उद्घाटन गर्दै अध्यक्ष दाहालले पछिल्लो समय पूँजीको लगानी उद्योग र उत्पादनका क्षेत्रमा हुन छाडेर पूँजी बजारमा लगानी हुनु साम्राज्यवादको विकसित रुप भएको बताएका हुन्।उनले उक्त कार्यक्रममा औद्योगिक क्षेत्रमा लगाउनु पर्ने पूँजीको लगानी पूँजी बजारमा हुनु साम्राज्यवादको विकसित रुप भएको बताएका छन्।

अध्यक्ष प्रचण्डले एकाधिकार पूँजीवाद र संशोधनवाद जोडिएर वित्तीय एकाधिकार पूँजीवादमा भूमण्डलीकृत पूँजीवाद बन्दै गएको भन्दै यसलाई निस्तेज गर्ने गरी पूँजी बजारको विषयमा पार्टीको दस्तावेजमा नै समावेश गराउने योजनाको बारेमा कार्यक्रममा बताएका थिए । समाजबादको पक्षमा ओकालत गर्नेहरुले पुँजीवादको बारेमा कहिल्यै ओकाल्त गर्दैनन् । समाजवादको धारमा चल्ने पक्षहरुले पुँजीको पक्षलाई हेर्न दृष्टिकोणमा फरक आउनुको मुख्य कारण आफनो एजेण्डा पनि हो ।

साथै उनले कार्यक्रममा वित्तीय एकाधिकार पुँजीवादलाई बलियो बनाएर अगाडि बढाउने नाफा उठाएर विश्वका सिमित पूँजीपतिहरुको हातमा संसारकै धन एक कठ्ठा गर्ने योजना भएको समेत रहेको कार्यक्रममा सुनाए । उनले यसरी विश्वको पैसा सिमित पूँजीपतिहरुले हातमा लिएर ८० प्रतिशत जनतालाई भोको र नाङगो राख्ने प्रणाली पूँजीबजार रहेको समेत रहेको समेत बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*