जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन साढे १२ अर्ब माथि, कुनको कति ?

२६ मंसिर २०७८, आईतवार १४:५९

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको कात्तिक मसान्तसम्ममा साढे १२ अर्ब रुपैयाँ बराबरको प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन्। चालु आर्थिक बर्षको चार महिनामा हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले १२ अर्ब ६९ करोड रुपैयाँ प्रथम बीमाशुल्क वापत आर्जन गरेका हुन् ।

कात्तिक महिनामा मात्रै कम्पनीहरुले २ अर्ब ९१ करोड ५२ लाख रुपैयाँको व्यवसाय गरेका छन् । यस अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।कम्पनीले कात्तिक मसान्तसम्ममा दुई अर्ब ३० करोड ३६ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ ।

दास्रोमा नेशनल लाइफ इन्स्योरेन्सले बढी बीमाशुल्क संकलन गरेको छ । कम्पनीले चालु आवको कात्तिक मसान्तसम्ममा एक अर्ब ४८ करोड ९३ लाख रुपैयाँको नयाँ व्यवसाय बिस्तार गरेको छ ।त्यस्तै, एलआईसीले ९३ करोड ३८ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ ।

संचालनमा रहेका नयाँ बीमा कम्पनीमध्ये सबैभन्दा धेरै व्यवसाय गर्ने कम्पनीमा रिलयावल नेपाल लाइफ परेको छ । कम्पनीले सो अवधिमा प्रथम बीमाशुल्कवापत ८६ करोड २९ लाख रुपैयाँ संकलन गरेको छ ।
त्यस्तै, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले यस अवधिमा ८६ करोड २३ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ।

https://mail.google.com/mail/u/0/#inbox/FMfcgzGllClRZtdxfjsCWxxkxVLDcfTj?projector=1&messagePartId=0.2

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*