बनस्थलीमा नेशनल लाइफ इन्स्योरेन्सको एजेन्सी कार्यालय उद्घाटन

२६ मंसिर २०७८, आईतवार १३:५९

काठमाण्डौं । नेशनल लाइफ इन्स्योरेन्स कं। लि। का वरिष्ठ व्यवसाय प्रबन्धक सुमन श्रेष्ठले आफ्ना बिमितहरु तथा अभिकर्ताहरुको सुबिधालाइ मध्यनजर गर्दै आफ्नै निवास क्षेत्र बनस्थली ढुँगेधारामा मा एक बिशेष समारोहको आयोजना गरि एजेन्सीि कार्यालयको शुभारम्भ गरिएको छ ।

कम्पनीको कलंकी शाखा प्रमुख रामचन्द्र घिमिरे तथा कार्यक्रम संयोजक सुमन श्रेष्ठ द्वारा संयुक्त रुपमा रिवन काटी संयुक्तरूपमा दियोमा बत्ति बालेर साथै केक काटेर कार्यालयको उद्घाटन गरिएको थियो।

कार्यक्रमको सभातित्व अनुभवी ,अगुवा बिजिनेस मेनेजर रत्ना कर्माचार्य श्रेष्ठले गर्नुभएको थियो भने प्रमुख अतिथ्यता शाखा प्रमुख रामचन्द्र घिमिरेले गरेको थियो । कार्यालयका बरिष्ठ ब्यवसाय प्रवन्थक उत्तमलाल श्रेष्ठ ,डल्लु एजेन्सीका सम्झना श्रेष्ठ ,तार्केश्वोर एजेन्सिका बिष्णु लामिछाने ब्यवसाय प्रबन्धक मदन कुमार जोशी,ब्यबसाय प्रबन्धक बबिता श्रेष्ठ , लिडर सुदिप श्रेष्ठ सम्मान गरिएको थियो।

जयराम बिडारीद्वारा संचालन गरिएको उक्त कार्यक्रममा वरिष्ठ व्यवसाय प्रबन्धक तथा कार्यक्रम संयोजक सुमन श्रेष्ठद्वारा उपस्थित अभिकर्ताहरुलाइ स्वागत मन्तब्य प्रदान गरिनुका साथै कलंकि शाखा प्रमुख एबम प्रमुख अतिथी रामचन्द्र घिमिरेले यस्ता कार्यक्रमले अभिकर्ताहरुको कार्यदक्षता अभिबृद्धि गर्नमा सघाउ पुग्नु का साथै नवप्रवेशी अभिकर्ताहरुलाइ थप उर्जा प्राप्त हुने बिचार ब्यक्त गर्द आगामी दिनमा सम्पूर्ण उपस्थित अभिकर्ताहरुको कार्य सफलताको कामना गरेको थियो ।

कार्यक्रममा अनुभवि अभिकर्ताहरु उत्तमलाल श्रेष्ठ, एवं रत्नाकुमारी श्रेष्ठद्वारा अभिकर्ता हरुलाई मार्गनिर्देशन प्रदान गरिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*