चिलिमे जलविद्युतद्धारा १५ प्रतिशत लाभांश प्रस्ताव

२६ मंसिर २०७८, आईतवार १२:३३

काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले लाभांश घोषण गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्तापूँजीको ७.५ प्रतिशत बोनश शेयर र ७.५ प्रतिशत नगद बोनश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत वर्ष भने १० प्रतिशत बोनश लाभांश र १० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि पुस १५ गतेदेखी पुस २३ गतेसम्म बुक क्लोज गर्ने भएकाले पुस २२ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*