सामुदायिक लघुवित्तद्धारा कर्मचारी माग, इसईई उत्तीर्णलाई पनि अवसर

२६ मंसिर २०७८, आईतवार १२:२९

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले ८ पदका लागि ठुलो संख्यामा कर्मचारी माग गरेको हो । संस्थाले नायब ब्यवस्थापम (कर्जा तथा जोखिम) का लागि १ जना, नायब ब्यवस्थापक (लेखापरीक्षण) का लागि १ जना, कनिष्ठ अधिकृत (अनुगमन । लेखापरीक्षण) का लागि ८ जना, कनिष्ठ अधिकृत (सूचना प्रविधि) का लागि १ जना र सुपरिवेक्षक (सूचना प्रविधि) का लागि १ जना कर्मचारी माग गरेको हो । त्यस्तै, बरिष्ठ सहायक (शाखा प्रमुख), कनिष्ठ सहायक र कनिष्ठ सहायक प्रशिक्षार्थीमा पनि केही संख्यामा कर्मचारी माग गरेको छ । जसका लागि शैक्षिक योग्यता एसईई उत्तिणदेखी स्नातक तह उत्तिर्णसम्मको कर्मचारी मागेको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले सूचना प्रकाशित (मंसिर २६ गते) भएको मितिले १५ दिन भित्र आवश्यक कागजात संकलन गरी संस्थाको केन्द्रीय कार्यालय बनेपा ५ काभ्रेपलाञ्चोक वा कम्पनीको इमेल मार्फत आवेदन पेश गर्ने सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*