साना किसान विकास लघुवित्तको साधारण सभा पुस १८ गते, यस्ता छन् एजेण्डा

२६ मंसिर २०७८, आईतवार १२:२३

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले २० औं साधारण सभा पुस १८ गतेका लागि बोलाएको छ । सभा नेपाल प्रशिक्षण प्रतिष्ठान जावलाखेल काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि १ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने र चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने छ । सभाले संचालकहरुकाो पारिश्रमिक, भत्ता र सुविधा समेत निर्धारण गर्ने छ ।

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस ५ गते एक दिनका लागि बुक क्लोज गर्ने भएकाले पुस ४ गतेसम्म कायम शेयरधनीहरुलाई मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*