मनकामना स्मार्ट लघुवित्तको साधारण सभा पुस १९ गते, बुक क्लोज कहिले? ?

२६ मंसिर २०७८, आईतवार १०:५४

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चौथो वार्षिक साधारण सभा पुस १९ गतेका लागि बोलाएको छ । सभा होटल पौवा सिद्धार्थनगर ६ रुपन्देहीमा दिउँसो २ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १७ प्रतिशतले हुन आउने २ करोड ५ लाख ९५ हजार ५ सय बराबारको बोनश शेयर प्रस्ताव पारित गर्नेछ ।

उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने र चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निधारण गर्ने प्रस्ताव समेत पारित गर्ने छ । साथै वित्तीय संस्थाको संचालक समितिमा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना संचालक निर्वाचन गर्ने कम्पनीले जनाएको छ ।

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस ४ गतेदेखी पुस १९ गतेसम्म बुक क्लोज गर्ने भएकाले पुस १ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*