लुम्बिनी विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२६ मंसिर २०७८, आईतवार १०:५२

काठमाडौं । लुम्बिनी विकास बैंक लाभांश सुरक्षित गर्ने आज (मंसिर २६ गते) अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि बैंकले मंसिर २७ गते एक दिनका लागि बुक क्लोज गर्ने भएकाले मंसिर २६ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्ने सक्नेछन् ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १३ प्रतिशत बोनस शेयर र ० दशमलव ६८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने र चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्ने जनाएको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले पुस ९ गते केन्द्रिय कार्यालय डिल्लीबजार काठमाडौंमा बिहान ११ः१५ बजे अनलाईन मार्फत बस्नेगरी सभा आव्हान गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*