एक अर्ब ५० करोड रुपैयाँको डेढ करोड कित्ता आईपिओ जारी गर्ने नागरिक स्टक डिलरको निर्णय

२६ मंसिर २०७८, आईतवार १०:४७

काठमाडौं । नागरिक स्टक डिलर कम्पनीले एक अर्ब ५० करोड रुपैँया बराबरको एक करोड ५० लाख कित्ता आईपीओ जारी गर्ने निर्णय गरेको छ । नागरिक स्टक डिलर सञ्चालक समितिको यही मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले आईपिओ जारी गर्ने प्रस्ताव अघि बढाउने निर्णय गरेको हो । उक्त कम्पनीको निर्णय आगामी साधारणसभाबाट परित भई धितोपत्र बोर्डबाट स्वीकृत पश्चात मात्रै आईपिओ जारी हुनेछ ।

कम्पनीको सो बैठकले आईपीओ जारी गर्ने प्रस्तावसहित पुस २३ गते दोस्रो वार्षिक साधारण सभा डाकेको हो ।
कम्पनीको मंसिर २४ गते बसेको संचालक समिति बैंठकले आईपीओ निष्काशनसको प्रस्तावसहित पुस २३ गतेका लागि साधारण सभा बोलाएको हो ।

पाँच अर्ब चुक्ता पुँजी रहेको कम्पनीमा नागरिक लगानी कोष, नेपाल पुनर्बीमा कम्पनी र नेपाल टेलिकमको लगानी रहेको छ । सो आईपिओ निकै ठूलो मात्रामा आवेदकले पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*