१८ प्रतिशत लाभांश प्रस्ताव सहित मुक्तिनाथ विकास बैंकको १५ औं वार्षिक साधारण सभा सम्पन्न

२५ मंसिर २०७८, शनिबार २०:३३

मुक्तिनाथ विकास बैंकको १५ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सभाले आव २०७७र ०७८ को वार्षिक प्रतिवेदन, आव २०७८र ०७९ को लागि लेखापरीक्षकको नियुक्तिलगायतका सामान्य प्रस्तावहरुसहित आव २०७७र ०७८ को मुनाफाबाट शेयरधनीहरुलाई १८ दशमलव ५० प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

उक्त लाभांशमध्ये १७ दशमलव ५७ प्रतिशत बोनस शेयर रहने छ भने बाँकी कर प्रयोजनको लागि नगद लाभांश हुनेछ । कम्पनीको सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चालक समितिका सदस्य गजेन्द्रमान श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए ।

साधारण सभामा अध्यक्षले सञ्चालक समितिको तर्फबाट चालु आर्थिक बर्ष को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*