सानिमा लाइफ इन्स्योरेन्सको वुटवल शाखाद्धारा नेपाल अपाङ्ग आश्रममा सहयोग

२५ मंसिर २०७८, शनिबार २०:२७

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले बार्षिक उत्सवको अबसरमा खाद्यान्न सामग्री प्रदान गरेको छ । बुटवलमा रहेको नेपाल अपाङ्ग आश्रममा रहेका अपाङ्गहरुको सहयोगका लागि खाध र अन्य सामग्री इन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक मदन बहादुर गाहाले आश्रमका अध्यक्ष डोलबहादुर रामदामलाई हस्तान्तरण गरेका थिए ।

पाँचौ बर्ष प्रबेशको अबसरमा सामाजिक उत्तरदायित्व अन्र्तगत अपाङ्ग आश्रममा आश्रीतहरुलाई सहयोग गरेको वुटवल शाखाले जनाएको छ । उक्त कार्यक्रममा र्मुर्गया शाखा प्रमुख कृष्णप्रसाद कंडेल , बुटवल शाखाका बरिष्ठ एजेन्सी म्यानेजरहरु एकराज रिजाल , सुभाष रिजाल लगायतको सहभागिता थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*