प्रभु इन्स्योरेन्सद्वारा ५० जना कृषि तथा पशुपंक्षी बीमा क्षति मूल्याङ्कनकर्तालाई तालिम

२४ मंसिर २०७८, शुक्रबार २३:५२

काठमाडौं । पशुपंक्षी तथा कृषि बीमाको क्षति मूल्याङ्कनकर्तालाई प्रभु इन्स्योरेन्स लिमिटेडले तालिम प्रदान गरेको छ ।
कम्पनीले बीमा दावी भुक्तानी सरल र छरितो बनाउन कृषि तथा पशुपन्छी बीमा क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न गरेको जनाएको छ । कम्पनीले कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ मा व्यवस्था भए बमोजिम तोकिएको समय अगावै आफ्नो कार्य क्षेत्र तोकिएका सम्पूर्ण जिल्लाहरुमा तालिम सम्पन्न गरिएको जनाएको छ ।
कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ बमोजिम बीमा समितिका प्रतिनिधिको पर्यवेक्षण तथा प्रशिक्षणमा सञ्चालित तालिममा बिभिन्न कृषि तथा पशुपन्छी बिज्ञहरुले प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
कम्पनीको कार्य क्षेत्र तोकिएका जिल्लाहरु मुस्ताङ्ग, म्याग्दी, बागलुङ्ग र स्याङ्गजा मध्ये कम्पनीले मुस्ताङ्ग, म्याग्दी र बागलुङ्गमा कार्तिक महिनामै तालिम सम्पन्न गरि सकेको थियो । बाँकी रहेको स्याङ्जा जिल्लामा कम्पनीले यही मंशिर २२ गते देखि २४ गतेसम्म तालिम दिएको कम्पनीले जनाएको छ ।
उक्त तालिमको ससमापन तथा प्रमाण–पत्र बितरण कार्यक्रमलाई सम्वोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यले बीमा समितिबाट जारी भएको निर्देशिका अनुसार तोकिएको समय अगावै तालिम सम्पन्न गर्न सकिएको बताए । तालिममा प्राप्त ज्ञान र शिप कार्यक्षेत्रमा खटिदा प्रयोग गर्न तालिममा सहभागीहरुलाई आह्वान गरेका छन् ।
तालिमको कारण बीमा क्षेत्रमा दक्ष जनशक्ति बिकासमा सहयोग पुग्ने बाताउनु हुंदै कम्पनीले सञ्चालन गरेको तालिमबाट ५० जना भन्दा बढी क्षति मुल्याङ्कनकर्ता तयार भएकोले आगामी दिनमा कृषि तथा पशुपन्छी बीमाको क्षति मुल्याङ्कन तथा दावी भुक्तानीमा सहज हुने विश्वास सिईओ बज्राचार्यले व्यक्त गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*