कस्तो रह्यो यो साताको शेयर बजार ?

२५ मंसिर २०७८, शनिबार १२:००

यो साता शेयर बजारमा ६३.९ अंकको गिरावट आएको छ । साताको पहिलो दिन २५१३.८७ बिन्दुमा रहेको बजार सोमबार ३२.२१ बढेर २५४६.०८ बिन्दुमा पुगेको थियो । यस्तै मंगलबार भने बजारमा गिरावट देखिएको छ ।

मंगलबार बजार ३७.१८ अंकले घटेर २५०८.९० बिन्दुमा रोकियो थियो । बुधबार पनि २४५५.८१ बिन्दुमा रोकियो भने बिहीबार ५.८४ अंकले घटेर २४४९.९७ बिन्दुमा रोकिएको छ ।शेयर बजारमा इन्डेक्स मात्रै नभई कारोबारमा समेत गिरावट आउँदै गएको छ ।

कारोबार रकम पनि करिब २१ अर्बबाट अहिले घटेर साढे २ अर्बको हाराहारिमा कायम भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*