गणपति लघुवित्त छैटौँ वर्षमा प्रवेश

२५ मंसिर २०७८, शनिबार ११:१९

गणपति लघुवित्त वित्तीय संस्थाले स्थापनाको छैटौँ वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सवका अवसरमा लघुवित्तले केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरुमार्फत विभिन्न कार्यक्रम सम्पन्न गरेको छ।

वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालयमार्फत पोखरा–३२ मा अवस्थित राधाकृष्ण बृद्धाश्रममा रहेका ज्येष्ठ नागरिक तथा बटुकहरुलाई भोजन, न्यानो कपडा, खेलकुद र शैक्षिक सामाग्रीहरु वितरण गरिएको छ।

साथै, संस्थाका विभिन्न शाखा कार्यालयमार्फत सरसफाइ कार्यक्रम, वृक्षरोपण, शैक्षिक तथा खेलकुद सामग्री वितरणजस्ता विभिन्न कार्यक्रममार्फत स्थापना दिवस मनाइएको संस्थाले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*