सनराइज बैंकद्धारा अनलाइन प्लाटफर्म ‘सनराइज केयर सार्वजनिक

२५ मंसिर २०७८, शनिबार ०९:४७

काठमाडौं । सनराइज बैंकले आफ्ना ग्राहक वर्गको सुविधाको लागि नविनतम् सुविधा युक्त अनलाइन प्लाटफर्म ‘सनराइज केयर’ सार्वजनिक गरेको छ ।

सनराइज केयर प्लेटफर्म मार्फत बैंकका ग्राहकले बैंकिङ सम्बन्धी सेवाहरु बैंक नगई अनलाइन मार्फत नै लिन सक्नेछन् । यो सुविधा अन्तरगत एकै ठाँउमा संकलित अत्याधुनिक अनलाइन प्लाटफर्म हो जस मार्फत ग्राहकले डेबिट कार्डको अनलाईन मार्फत खाता खोल्न, पिन नम्बर लिन तथा परिवर्तन गर्न, क्रेडिट कार्ड बनाउन, मोबाइल बैंकिङ खोल्न तथा बन्द गर्न लगायत अन्य बैंकिङ सुविधाहरु अनलाईन मार्फत लिन सकिने बैंकले जनाएको छ ।

यसका लागि लागि बैंकको बेवसाइटमा गएर सानराईज केयर पोेर्टल ओपन गरी खाता नम्बर र आधिकारिक मोबाइल नम्बर राखी निवेदन दिन सकिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*