थप २५९ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

२४ मंसिर २०७८, शुक्रबार १६:१४

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ६ हजार ४७२ जनामा पीसीआर परीक्षण गर्दा २३२ जनामा र ४ हजार १५ जनामा एन्टिजेन परीक्षण गर्दा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, शुक्रबार पछिल्लो २४ घण्टामा ३ जना संक्रमितको मृत्यु भएको छ भने ३३७ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ५ हजार ९९७ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*