लाभांश प्रस्ताव पारित गर्न बिन्ध्यबासिनी हाइड्रोपावरद्धारा साधारणसभा आह्वान

२४ मंसिर २०७८, शुक्रबार १५:४९

काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको पाँचौं वार्षिक साधारण सभा पुस २ गतेका लागि बोलाएको छ । सभा अर्पण ब्याक्वेट नयाँ बानेश्वरमा बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्ने छ ।

साथै उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने छ भने चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्ने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*