विभिन्न कार्यक्रमका साथ गणपति लघुवित्तको पाँचौं वार्षिकोत्सव सम्पन्न

२४ मंसिर २०७८, शुक्रबार १३:५१

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था पाँचौ वार्षिकोत्सव सम्पन्न गरेको छ । संस्थाले पाँचौ वर्ष पुरा गरी छैठौ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा केन्द्रीय कार्यालय तथा शाखा कार्यालयमा विभिन्न कार्यक्रम गर्दै सम्पन्न गरेको हो ।

उक्त अवसरमा संस्थाले केन्द्रिय कार्यालय मार्फत पोखरा २३ मा रहेको राधाकृष्ण बृद्धाश्रममा रहेका जेष्ठ नागरिकलाई भोजन, न्यानो कपडा, खेलकुद र शैक्षिक सामागी्रहरु वितरण गरेको छ । साथै संस्थाका विभिन्न शाखाहरु मार्फत बृक्षारोपण, सरसफाइ, शैक्षिक तथा खेलकुद सामाग्रि वितरण गरेको बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*