नेपाल राष्ट्र बैंकले ८३ जना कर्मचारी माग, प्लस टु उत्तिर्ण पनि आवेदन दिन सक्ने

२४ मंसिर २०७८, शुक्रबार १२:५०

काठमाडौं । नेपाल राष्ट्र बैंकले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले एक सूचना सार्वजनिक गर्दै ५ पदका लागि ८३ जना कर्मचारी माग गरेको हो । बैंकले सहायक निर्देशक (अधिकृत तृतीय) मा ४५ जना, सहायक निर्देशक (अधिकृत तृतीय) लेखा । परीक्षणमा ६ जना, सहायक निर्देशक (अधिकृत तृतीय) वाणिज्य कानूनमा २ जना, सहायक निर्देशक (अधिकृत तृतीय) सूचना प्रविधिमा ५ जना र सहायक (सहायक द्धितीय) मा २५ जना कर्मचारी माग गरेको हो । जसका लागि शैंक्षिक योग्यता प्लस टू उत्तिर्णदेखी विभिन्न विषयमा स्नातकोत्तर तह उत्तिर्णसम्मको कर्मचारी माग गरेको हो ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले पुस १५ गते तथा दोब्बर दस्तुर तिरेर पुस २२ गते भित्र बैंकको वेभसाइट मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*