दाङमा स्वास्थ्य बीमाप्रति सर्वसाधारणको आकर्षण बढ्दै, द्वन्द्वपीडितका लागि निःशुल्क बीमा सुविधा

२४ मंसिर २०७८, शुक्रबार ११:३५

काठमाडौं ।  सरकारले बीमा कार्यक्रममार्फत नागरिकको स्वास्थ्योपचार सुनिश्चित गर्ने लक्ष्य लिएको छ । जसका कारण बोर्डले विभिन्न जिल्लाहरुमा जनचेतनामूलक कार्यक्रम अगाडि बढाँउदै लगिररहेको छ । उक्त कार्यक्रमअन्तर्गत दाङमा ११ महिनाको अवधिमा करिब १८ हजार जना स्वास्थ्य बीमामा सहभागी भएका छन् ।

गत वर्ष माघ ३० गतेदेखि जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको थियो । नागरिकले सूचना नपाउँदा र कोरोना महामारीका कारण स्वास्थ्य बीमा कार्यक्रममा प्रभाव पारेको कार्यालयले जनाएको छ । अगामी असारसम्म जिल्लाका साढे दुई लाख नागरिकलाई बीमा मा आवद्ध गराउने लक्ष्य छ ।

द्वन्द्वपीडितका लागि निःशुल्क स्वास्थ्य बीमा

घोराही उपमहानगरपालिका–१७ ले जिल्लामै पहिलोपटक द्वन्द्वपीडितका लागि निःशुल्क स्वास्थ्य बीमा सुरु गरेको छ । वडा कार्यालयले बुधबारदेखि बिमा सुरु गरेको हो ।
घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीका अनुसार जनआन्दोलनका घाइते, सहिद र बेपत्तापरिवारका लागि निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था गरिएको हो । वडा नं १७ का अध्यक्ष खुशीराम चौधरीले वडा कार्यालयले हरेक वर्ष द्वन्द्वपीडितका लागि विभिन्न कार्यक्रम गर्दै आएको बताए । चालू आर्थिक वर्षमा द्वन्द्वपीडितका लागि निःशुल्क स्वास्थ्य बिमाको कार्यक्रम अघि अगाडि बढाइएको उनको भनाइ छ ।

पहिलो चरणमा ३३ जनाको स्वास्थ्य बीमा गर्न लागिएको छ । सरकारको निर्देशन अनुसार ज्येष्ठ नागरिक, क वर्गको अपाङ्गता भएका व्यक्तिको परिवार, एचआइभी एड्स भएका व्यक्तिको परिवार, क्षयरोग भएका व्यक्तिका लागि निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*