सूर्या लाइफ इन्स्योरेन्सको साधारण सभा पुष १९ गते, बुकक्लोजको मिति तय

२४ मंसिर २०७८, शुक्रबार १०:४९

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १३ औं वार्षिक साधारण सभा तथा बुकक्लोजको मिति तय गरेको छ ।

कम्पनीको मंसिर २३ गते बसेको संचालक समितिको बैठकले सभा पुष १९ गते सोमबार होटल हैरिसन प्यालेस, विराटनगरमा गर्ने निर्णय गरेको हो ।

उक्त सभाले संचालक समितिले प्रस्ताव गरेको १२.७० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.६६८४ प्रतिशत नगद लाभांश पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरण प्रयोजनका लागि पुष ९ गतेदेखि पुष १६ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार पुष ८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र कम्पनीको प्रस्तावित लाभांश प्राप्त गर्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*