एनआईसी एशिया लघुवित्तको नगद लाभांश शेयरधनीको बैंक खातामा

२४ मंसिर २०७८, शुक्रबार १०:४०

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले नगद लाभांश शेयधनीहरुको बैंक खातामा जम्मा गरिदिएको छ ।

कम्पनीको मंसिर ५ गते सम्पन्न चौथो वार्षिक साधारण सभाले ५.४१ प्रतिशत नगद लाभांश पारित गरेपछि शेयरधनीहरुको बैंक खातामा जम्मा भएको हो ।

कम्पनीले हितग्राही खातामा बैंकको खाता नम्बर अद्यावधिक भएका शेयरधनीहरुको हकमा नगद लाभांश जम्मा गरिसकेको छ । सोबमोजिम हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीले हितग्राही खातामा रहेको सम्बन्धित निक्षेप सदस्यमा सम्पर्क राखि अद्यावधिक गराउन अनुरोध गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*