नेप्सेमा ३ कम्पनीको शेयरमूल्य समायोजन

२४ मंसिर २०७८, शुक्रबार ०९:४०

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ । लक्ष्मी बैंक, समता घरेलु लघुवित्त र नारायणी डेभलपमेन्ट बोनस शेयर र हकप्रद सुरक्षित गर्नका लागि बुकक्लोज गरेसँगै आज यी तीन कम्पनीको शेयरमूल्य समायोजन भएको हो ।

लक्ष्मी बैंकले ८ प्रतिशत बोनस शेयर वितरणका बुकक्लोज गरेसँगै अघिल्लो दिन कायम २९२ रुपैयाँको आधारमा नेप्सेले बोनस शेयर वितरणपछिको शेयरमूल्य २७० रुपैयाँ ३७ पैसा कायम गरको छ ।

त्यस्तै, समता घरेलु लघुवित्तले २० प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै अघिल्लो दिन कायम १३५१ रुपैयाँका आधारमा नेप्सेले ११२५ रुपैयाँ ८३ पैसा समायोजन गरेको हो ।

साथै नारायणी डेभलपमेन्ट बैंकले शतप्रतिशत हकप्रद जारी गर्न बुकक्लोज गरेसँगै अघिल्लो दिन कायम ८५६ रुपैयाँको आधारमा नेप्सेले कम्पनीको शेयरमूल्य ८५६ रुपैयाँ समायोजन गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*