बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई दराजमा २ हजारसम्म छुट

२३ मंसिर २०७८, बिहीबार १७:३०

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडकोका ग्राहकहरुले दराजको १२.१२ योजनामा २ हजारसम्म छुट पाउने भएका छन् । बैंकका डेबिट तथा क्रेडिट कार्डबाहक ग्राहकहरुले उक्त योजनामा दुई हजारसम्म छुट पाउने भएका हुन् ।

जस अन्र्तगत दराजको १२.१२ योजनामा बैंकको कार्डबाहकहरुले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा १० प्रतिशत वा अधिकतम् दुई हजारसम्मको छुटको सुबिधा उपयोग गर्न सक्नेछन् ।

सामान खरिद गरी अनलाइन माध्यम मार्फत प्रीपेमेन्ट गर्दा बैंकको डेबिट कार्ड प्रयोग गरी १० प्रतिशत वा अधिकतम एक हजारसम्म छुट र क्रेडिट कार्ड प्रयोग गरेमा १० प्रतिशत वा अधिकतम दुई हजारसम्म छुटको पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*