थप २११ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

२३ मंसिर २०७८, बिहीबार १७:२७

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ८ हजार १८ जनामा पीसीआर परीक्षण गर्दा १९७ जनामा र १ हजार ४३३ जनामा एन्टिजेन परीक्षण गर्दा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै , बिहिबार पछिल्लो २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको छ भने ३२९ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ६ हजार १०५ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*