२४४९ विन्दुमा झर्यो नेप्से, कारोबार २ अर्बमा खुम्चिँदा १० उपसूचक राताम्य

२३ मंसिर २०७८, बिहीबार १५:२१

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्से परिसूचक सामान्य अंकले घटेतापनि कारोबार रकम ह्वात्तै घट्न पुगेको छ । केही महिनाअघि १५ अर्ब भन्दा माथिको कारोबार हुने शेयरबजारमा आज २ अर्बमाथि सिमित हुन पुगेको छ ।

आज नेप्से परिसूचक ५.८४ अंक अर्थात शुन्य दशमलव २४ प्रतिशतले घटेर २४४९.९७ विन्दुमा झरेको छ ।

बिहिबार नेप्सेमा सूचिकृत २३१ कम्पनीको ६२ लाख २३ हजार ७२१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६७ करोड ३३ लाख ८ हजार ७९१ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज होटल तथा पर्यटन समूह, अन्य समूह र म्युचुअल फण्ड समूह बाहेकका सबै समूह राताम्य भएका छन् । सर्वाधिक घट्नेमा निर्जीबन बीमा समूह ६०.२७ अंकले घटेको छ ।

नेप्से सोही अंकले घटेपनि आज हिमालयन डिस्टिलरी कम्पनीको सर्वाधिक ८ करोड ८५ लाख ५२ हजार २०५ रुपैयाँको कारोबार भएको छ । त्यस्तै, सिजर्नी पावरको ४.५५ प्रतिशत अंक तथा १८ रुपैयाँले शेयरमूल्य बढेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*