आजसम्म कायम शेयरधनीले मात्र नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन दिन पाउने

२३ मंसिर २०७८, बिहीबार १२:०८

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयर सुरक्षित गर्ने आज (मंसिर २३ गते) अन्तिम दिन रहेको छ ।

बैंकले शतप्रतिशत हकप्रद शेयर निष्कासन प्रयोजनका लागि मंसिर २४ गते एक दिनका लागि गर्ने भएसँगै मंसिर २३ गतेसम्म कायम शेयरधनीहरुले मात्र हकप्रद शेयरको लागि आवेदन दिन पाउनेछन् ।

बैंकले आगामी पुस ७ गतेदेखि १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद शेयर निष्कासन गर्ने लागेको छ । बैंकले जारी गर्न लागेको हकप्रद शेयरमा लगानीकर्ताले पुस २७ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको बिक्री प्रबन्धकका रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*