भारतका प्रधान सेनापति विपिन रावतकाे हेलिकाेप्टर दुर्घटनामा निधन, नेपाली सेनाका मानार्थ सेनापति थिए रावत

२२ मंसिर २०७८, बुधबार २३:३७

काठमाडौ । भारतीय सेनाका प्रधान सेनापति विपिन रावतकाे आज हेलिकाेप्टर दुर्घट्नामा परी निधन भएकाे छ । भारतकाे स्थल, जल तथा वायु सेनाकाे कमाण्ड गर्ने चिफ अफ डिफेन्स स्टाफ विपिन रावत सवार हेलिकोप्टर भारतकै तमिलनाडूको कुन्नुर नजिकै निलगिरी भन्ने  स्थानमा दुर्घटनामा रावतको मृत्यु भएको जनाइईकाे छ ।

घट्तनामा रावतसहित उनको पत्नि मधुलिका र थप ११ जनाको निधन भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

उत्तराखण्डको गडवालमा सन् १९५८ मार्च १६ मा जन्मिएका रावत सन् १९७८ मा ११ गोर्खा राइफल्समा भर्ना भएका थिए । रावतले सन् २०२० जनवरीबाट भारतको चिफ अफ डिफेन्स स्टाफको जिम्मेवारी सम्हालेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*