पुनर्बीमा निर्देशन सम्बन्धमा २ बीमक संघको ज्ञापन पत्र समितिमा, तत्काल फिर्ता गर्न माग

२२ मंसिर २०७८, बुधबार १९:५०

काठमाडौं स्वदेशमै पुनर्बीमा गर्न जारी गरिएको निर्देशन फिर्ता लिन जीवन बीमक संघ नेपाल र नेपाल बीमक संघले बीमा समितिमा ज्ञापन पत्र बुझाएका छन् । दुवै संघले पत्रचार मार्फत बीमा समितिमा ज्ञापन पत्र बुझाएका छन्, जुन ज्ञापन पत्र आज (बुधबार) समितिमा पुगेको छ ।समितिका एक उच्च अधिकारीले पुनर्बीमा निर्देशन सम्बन्धमा दुवै संघबाट ज्ञापन पत्र प्राप्त भएको बताए । बिशेषगरि उक्त निर्देशन फिर्ता लिन माग गर्दै ज्ञापन पत्र आएको उनको भनाइ छ ।

समितिले गत मंसिर ९ गते एक निर्देशन जारी गर्दै बीमा कम्पनीहरुलाई स्वदेशी कम्पनीमा पुनर्बीमा गराउन निर्देशन दिएको थियो । त्यसपछि बीमा कम्पनी तथा सरोकारवालाहरुले चौतर्फी रुपमा विरोध गर्दै आएका छन् । त्यो निर्देशन जारी भएको झण्डै दुई हप्ता पछि मात्रा दुई संघहरुले ज्ञापन पत्र पेश गरेका हुन् । समितिले उक्त ज्ञापन पत्र को बिषयमा छिट्टै कम्पनीहरुसँग छलफल पनि गर्ने बताएको छ ।

उक्त निर्देशन बीमाको सिद्धान्त विपरीत, अव्यवहारिक भएको भन्दै संघहरुले उक्त निर्देशन फिर्ता गर्न माग पनि गरेका छन् । साथै, बीमा कम्पनीहरुको व्यवसायीक स्वतन्त्रता माथि हस्तक्षेप भएको पनि उनीहरुको भनाइ छ । यसका अलावा नेपालका पुनर्बीमा कम्पनीहरुको शतप्रतिशत पुनर्बीमा लिन सक्ने क्षमता नभएको अवस्थामा यस निर्देशनले थप समस्या ल्याउन सक्ने उनीहरुको भनाइ छ ।तसर्थ, कुनै पनि हालतमा समितिले उक्त निर्देशन फिर्ता लिनुपर्ने बताइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*