लक्ष्मी बैंकको २ शाखा सहित १ एक्स्टेन्सन बिस्तार

२२ मंसिर २०७८, बुधबार १८:१२

काठमाडौं । लक्ष्मी बैंकले २ शाखा कार्यालयको बिस्तार गरेको छ । बैंकले सुनसरी जिल्लाको इनरुवा नगरपालिका वडा न १ को शान्ति चोक र मोरङको उर्लाबारी नगरपालिका वडा नं. ५ उर्लाबारी चोकमा नयाँ शाखाको शुभारम्भ गरेको हो ।

साथै बैंकले जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नं. ८ स्थित सेपुखोलामा एक नयाँ एक्स्टेन्सन काउन्टर समेत स्थापना गरेको छ । बिस्तारित शाखा कार्यालय मार्फत बैंकले दिदै आइरहेका सम्पूर्ण बैंकिङ सेवा सुविधा प्रदान गरिने बैंकले जनाएको छ ।

थप २ शाखा बिस्तार गरेसँगै ५० जिल्लामा १४० शाखा, ९ एक्सटेन्सन काउन्टर र १७० एटिएमबाट आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा सुविधा दिदै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*