अटो मोबाइल क्षेत्रमा सुधारको योजनासहित अग्रवाल चुनावी मैदानमा

२२ मंसिर २०७८, बुधबार १८:०८

शंकर ग्रुपको महत्वपूर्ण बिजनेश जगदम्बा मोटर्सको उपाध्यक्ष तथा निर्देशक दिपक अग्रवाल यतिबेला चुनावी मैदानमा उत्रिएका छन् ।
अग्रवाल मुलुकको राजश्वमा ठूलो हिस्सा ओगट्ने र ठूलो व्यवसायी समूह आबद्ध रहेको नाडाको कार्यसमिति सदस्यको तेस्रो कार्यकाल चुनाव लडिरहेका छन् । सामान्य स्कलु टिचरबाट करियर शुरु गरेको अग्रवालले वीरगंजको कोचिङ्ग सेन्टरदेखि जगदम्बा मोटर्सको उपाध्यक्ष हुँदै नम्वर वान ब्रान्ड ‘टिभिएस’सम्मको उनको करियरले युवावर्गमा प्रोत्साहन गरेको छ ।

अग्रवालको जन्म वीरजञ्जमा भएको हो । प्राथमिक तहसम्मको शिक्षा वीरगञ्जमै र उच्च शिक्षा भारतमा गएर पुरा गरेका हुन् । भारतमा उच्च शिक्षा हासिल गरेर अग्रवालले वीरगञ्जमै केही समय आफ्नै कम्युटर इन्स्टिच्युट खोलेर पढाउने काम गरे । केही समय कम्युटर अपरेटरको काम गरेपछि उनी कर्पोरेट मोडेलमा प्रवेश गरेका हुन् ।

वीरगञ्जकै विभिन्न उद्योगहरुमा काम गरिरहेका अग्रवाल पछि काठमाडौंको एक अडिट फार्ममा अडिटरको जागिरमा आबद्ध भए । सन् २००७ देखि अडिटरको जागिर शुरु गरेका अग्रवाललाई युनाइटेड फाइनान्सको सिस्टम अडिट गर्ने अवसर प्राप्त भयो । कम्पनीको अडिटका काममा देखिएको समस्या सुल्झाउने जिम्मेवारी पाएका उनले करिब ४ वर्ष काम गरे । पछि उनलाई उक्त कामबाट मोनोटोनस भएको महसुश हुन थाल्यो । त्यसपछि उनी युनाइटेड फाइनान्सबाट बाहिरिए ।

फाइनान्सबाट बाहिरिएपछि उनले मोरङ अटो वर्कस् अन्तर्गतको स्कोडा गाडिको बिजनेश हेडको जिम्मेवारी पाए । करिब ५ वर्ष स्कोडाको बिजनेश हेडको जिम्मेवारी निभाउँदा नै अग्रवाल अटोमोबाइल्स क्षेत्रमा ब्राण्डको मार्केटिङ र सेल्स लगायतमा पोख्त भइसकेका थिए । युरोपियन ब्राण्डको रुपमा स्काडालाई नेपालमा स्थापित गराउन सफल भएको उनको दाबी छ ।

पछिल्लो ७ वर्षदेखि अग्रवाल जगदम्बा मोटर्समा आबद्ध छन् । महेन्द्रा टु ह्विलर बिक्री गरिरहेको जगदम्बा मोटर्स २०१५ मा टीभिएसको नेपालका लागि आधिकारिक वितरक बन्यो । सो समयमा अटो बजारका ब्राण्डहरुबीच अन्य ब्राण्डहरुको सूचीमा पर्ने टीभीएसलाई आफ्नो बलबुताले ‘नम्बर २ ब्राण्ड’ बन्न सफल भइसकेको दिपक अग्रवाल दावी गर्छन् । जगदम्बा मोटर्सलाई टु ह्विलरको टिभिएसमा मात्र केन्द्रित नभएर अटोमोबाइल हब कै रुपमा स्थापित गराउने योजनामा उनी छन् । अटो मोबाइल्स क्षेत्रमा नम्बर वान युनिटको रुपमा जगदम्बा मोटर्सलाई स्थापित गराउने अग्रवालको दाबी गर्छन् ।

उनको मिहिनेतले ७ वर्षका बीचमा टिभिएसले यो उचाइ प्राप्त गरेको हो । केही समयभित्रै यसलाई १ नम्बरको ब्राण्ड बनाउने उनको योजना छ । यसका लागि उनी र उनको टिमले आजदेखि नै काम गरिहेका छन् । बजाजपछि जगदम्बा नेपालमा एसेम्बिलिङ्ग प्लान्ट चलाउने टीभीएस दोस्रो कम्पनी हो । टिभिएसको एसेम्बलिङ प्लान्टको उनी आफैं लिड गर्छन् ।

अहिले उनी मुलुकको राजस्वमा ठुलो हिस्सा ओगट्ने र ठुलो व्यवसायी समुह आवद्ध रहेको नाडाको कार्यसमिति सदस्यको तेस्रो कार्यकाल चुनाव लडिरहेका छन् । नाडाको चुनावमा ध्रुव थापाको टिम भित्रका उनी ‘कि–प्लेयर’ हुन् । थापालाई चुनाव जिताउनेको जिम्मेवारी लिएर उनी सोही अनुसार भुमिका निर्वाह गर्दैछन् । विगतमा उनी निर्विरोध कार्यसमिति सदस्य रहेका थिए ।

यस पटकको चुनावमा अग्रवाल ध्रुव थापा प्यानल टिममा रहेका छन् । थापा प्यालनका सबै निर्वाचनमा विजयी भएमा सबैको साझा नाडाको श्लोगन सार्थक बन्न सक्ने हुँदा सबै अटोमोबाइल्स व्यवसायीहरुलाई आफ्नो एक मत दिन उनको आग्रह छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*