लाभांश नदिने घोषणा गरेसँगै सामुदायिक लघुवित्तको शेयरमूल्यमा उच्च गिरावट, अन्य क–कसले गुमाए ?

२२ मंसिर २०७८, बुधबार १५:३२

काठमाडौं । साताको चौथो दिन नेप्सेमा सूचिकृत २२६ कम्पनीको ६५ लाख ६० हजार ९४७ कित्ता शेयर किनबेच भएको छ । बुधबार नेप्से ५३.१० अकंले घट्दा कारोबार पनि २ अर्ब ६६ करोड ३९ लाखमा सिमित भएको हो ।

आज सर्वाधिक गुमाउने कम्पनीमा समुदायिक लघुवित्त रहेको छ । कम्पनीले आजकै दिन गत आर्थिक वर्षबाट कुनै पनि लाभांश नदिने घोषणा गरेसँगै आज शेयरमूल्य ८.५४ प्रतिशतले घट्न पुगको हो ।

त्यस्तै, एक्सल डेभलपमेन्ट बैंकको ८.३० प्रतिशत, ग्रिन डेभलपमेन्ट बैंकको ७.६१ प्रतिशत, नयाँ सारथी लघुवित्तको ७.३९ प्रतिशत, समलिङ पावरको ७.१६ प्रतिशत र जनउत्थान समुदायक लघुवित्तको ७.१३ प्रतिशतले घटेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*