२ अर्बमाथिको कारोबार हुँदा आज सर्वाधिक क–कसले कमाए ?

२२ मंसिर २०७८, बुधबार १५:१७

काठमाडौं । आज नेप्सेमा सूचिकृत २२६ कम्पनीको ६५ लाख ६० हजार ९४७ कित्ता शेयर किनबेच हुदाँ करिब साढे २ अर्ब माथिको कारोबार भएको छ ।

नेप्से ५३ अंकले घट्दा आज कारोबार २ अर्बमा सिमित हुन पुगेको छ । केही कम्पनीहरुले नेप्सेमा उच्च अंकको गिरावट आउँदा पनि कमाएका छन् ।

आज सर्वाधिक कमाउने कम्पनीमा स्टयाण्डर्ड चार्टड बैंकको १.९४ प्रतिशत, मैलुङ खोला जलविद्युतको १.८९ प्रतिशत, सानिमा लार्ज क्याप फण्डको १.६१ प्रतिशत, नेपाल एसबिआइ बैंकको १.४० प्रतिशत, कुमारी इक्वाटी फण्डको १.१० प्रतिशत, अजोड इन्स्योरेन्सको १.०३ प्रतिशत, सनराइज फस्र्ट म्युचुअल फण्डको १.०१ प्रतिशत र रुरु जलविद्युत प्रयोजनाको ०.६६ प्रतिशतले वृद्धि भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*